Aamsanchar

स्थानीयको ढोकामा बम राखेर अज्ञात समुहद्वारा बुद्धचित्त मालाको बोट फडानी

Author Image
शुक्रवार, चैत ३०, २०८०

काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपरिचित समुहले बुद्धचित्तको बोट फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ।

जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो।
बिहीबार राती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन्।

 

मुल मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन्। नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् ।

उक्त माला गत आर्थिक वर्षमा ९० लाखमा कारोबार भएको थियो । उक्त स्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा र मट्टीतेल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रुख काटेर जाने क्रममा नेकपा माओवादी जिन्दावाद भन्ने नारा लगाउँदै गएको स्थानीयले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर