Aamsanchar

रौतहटमा एकैदिन चार युवतीले गरे आत्मह*त्या

Author Image
शुक्रवार, चैत ३०, २०८०

रौतहट। रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् ।  फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन ।

 रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी  करिब १८ वर्षीय अविवाहित मनिसाकुमारी चौधरीले बिहीवार फासो लगाइ आत्महत्या गरेका हुन्  ।

 यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षीय शिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी आजाद अन्सारीको छोरी करिब १६ वर्षीय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गङ्गा पिपरा नुनिया टोल निवासी रूपलाल दासको १५ वर्षीय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर