Aamsanchar

संसद अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्यका गर्ने सरकारको निर्णय

Author Image
शुक्रवार, चैत ३०, २०८०

काठमाडौं – सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेका कारण चालु अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगेको सत्तापक्षका नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर