Aamsanchar

ओखलढुङ्गामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गयाे

Author Image
शुक्रवार, चैत ३०, २०८०

ओखलढुङ्गा-ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ ।  वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा ४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।

तामाङ घरमा बसिरहनुभएको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास हुनुभएको थियो । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर