Aamsanchar

इलामको उत्तरी क्षेत्रमा जङ्गली कुकुर फेला, दुई हजार पाँच सय मिटरभन्दा माथि भेटिनु अनौठो

Author Image
शुक्रवार, चैत ३०, २०८०

इलाम-जैविक विविधताका लागि निकै महत्त्वपूर्ण मानिने इलामको उत्तरी क्षेत्रमा जङ्गली कुकुर भेटिएको छ । सन्दकपुर गाउँपालिका–५, हाँगेथाम क्षेत्रमा जङ्गली कुकुर (कन अल्पिनस) फेला परेको हो । वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल बिहानको समयमा छाउरी जङ्गली कुकुरको तस्बिर खिच्न सफल भएको बताउनुभयो ।

तराईमा मात्र पाइने बताइएको यो कुकुर दुई हजार पाँच सय मिटरभन्दा माथि भेटिनु अनौठो र महत्त्वपूर्ण उपलब्धि रहेको खरेलको दाबी छ । “दुई हजार ६५० मिटरको उचाइ रहेको हाँगेथामस्थित धप्परमा छाउरी कुकुर भेटिएको छ,” खरेलले भन्नुभयो, “यो चाहिँ निकै महत्वपूर्ण रेकर्ड र विषय हो । अन्य जनावर देखिन्छन् तर ‘वाइल्ड डग’ नेपालको त्यो उचाइमा देखिनु ज्यादै नौलो हो ।”

कुकुरको यो प्रजातिले जिउँदो प्राणीलाई सामूहिक रूपमा चिथोरेर, मारेर खाने विशेषता रहेको खरेलले बताउनुभयो  । “यसले अरू प्राणीलाई एक्लै होइन, जत्था नै मिलेर आव्रmमण गर्छ,” खरेलले भन्नुभयो, “हामीसँग यसको फोटो सुरक्षित छ ।”

विशेष गरी विभिन्न प्रजातिका चरा र रेडपान्डा पाइने यो क्षेत्रमा जङ्गली कुकुर फेला पर्नुले यहाँको जैविक विविधताको महìव बढेको सन्दकपुर गाउँपालिका–५ का वडा सदस्य कुमार गुरुङले बताउनुभयो । “चरा, रेडपान्डा, बँदेल, भालुलगायतका जनावरको बासस्थान रहेको यो क्षेत्रमा नयाँ जातका जनावर भेटिनुले यो क्षेत्रको पर्यटकीय सम्भावनालाई पनि उजागर गरेको छ ।” गुरुङले भन्नुभयो, “अहिले चरा, रेडपान्डा र अन्य जीवजन्तुको अध्ययन अनुसन्धानका लागि अनुसन्धानकर्ता यो क्षेत्रमा निकै सङ्ख्यामा आउने गरेका छन् । अझै यो क्षेत्रमा अन्य जीवजन्तु र चराको अध्ययन हुन जरुरी छ ।”अन्नपूर्णपाेस्ट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर