Aamsanchar

मोटरसाइकल दुर्घटना : झापामा २७ वर्षीय युवकको मृ*त्युु, सुनसरीमा २० बर्षीय युवकको घटनास्थलमै ज्यान गयाे

Author Image
आइतवार, वैशाख २, २०८१

झापा : झापा र सुनसरी जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

गएराति साढे ११ बजे झापाको कमल गाउँपालिका–३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किर दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाइकलमा पछाडी सवार १५ वर्षीय बिपल नेपाल घाइते भएका थिए। घाइते उनिहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ लिम्बुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र–७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भएका मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय विशाल कोइरालाको धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर