Aamsanchar

मकैबारीमा छुरा प्रहारबाट एक जनाको ह*त्या, संलग्न तीन जना फरार

Author Image
आइतवार, वैशाख २, २०८१

खोटाङ – खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ।

छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएका छन्।

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए। तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ।

प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर