काठमाडौं –धादिङको नीलकण्ठ नगरपालिका–५ स्थित दाउन्ने खोलामा ट्रक दुर्घटना भएको छ । बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी)गौतम केसीका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । उनको परिचय खुलेको छैन । वडा अध्यक्ष रामबहादुर श्रेष्ठले मृतक बालक रहेको बताए ।
त्यस्तै, दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 50