Aamsanchar

गहुँ खेतमा महिलाको शव फेला

Author Image
आइतवार, वैशाख २, २०८१

ढल्केबर-धनुषाको सहिदनगर नगरपालिका–४, ननपट्टीस्थित गहुँ खेतमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आइतबार बिहान धनुषाको हंसपुर नगरपालिका–७, की ५५ वर्षीया शुभदेवी मण्डलको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले मृतक महिलाको शरीरको विभिन्न भागमा घाउचोट देखिएकाले कसैले हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । घटनास्थलमा डग टोलीले अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो ।

ननपट्टी माइत आउनुभएकी मृतक महिला शनिबार साँझदेखि हराइरहनुभएको थियो । खोजतालसको क्रममा हत्या गरेको अवस्थामा उहाँको शव फेला परेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर