Aamsanchar

वराहक्षेत्र नगरपालिकाद्वारा नगरवासीलाई घर नक्सा सम्बन्धी अभिमुखीकरण

Author Image
आइतवार, वैशाख २, २०८१

वराहक्षेत्र-वराहक्षेत्र नगरपालिकाले नगरवासीलाई घर नक्सा सम्बन्धी अभिमुखीकरणको कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले नगरक्षेत्रका सबै वडाहरूमा अभिमुखीकरण गर्दै घरको अभिलेखीकरण सुरु गरेको हो ।

वडा वडामा कार्यक्रम सञ्चालन गरेर वडा बासीलाई जानकारी गराउँदै घरको नक्साको अभिलेखीकरण सुरु गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । नगरपालिकाले घर नक्सा शाखामार्फत नगरपालिका क्षेत्रभित्र रहेका घरहरूको नक्सा अभिलेखीकरणका लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शाखाले प्रत्येक वडालाई लक्षित गरेर सञ्चालनमा ल्याएको अभिमुखीकरण कार्यक्रम नगरका ११ वटै वडामा गरिने नगरका आर्थिक विकास संयोजक तेज बहादुर गुरुङले जानकारी दिनुभयो ।

घर नक्सा शाखामा नगरको १, २, ३, ५ र ६ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको घर नक्सा शाखाका इन्जिनियर सुरज खड्काले बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकबाट भएको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

नगर क्षेत्रमा नगरपालिका स्थापना हुनुपूर्व बनेका स्थायी घर र संरचनाहरूको अभिलेखीकरण आर्थिक वर्ष २०८०(८१ भित्रै गरिसक्ने लक्ष्य राखेर काम गरिहरेको घर नक्सा शाखाले जनाएको छ । अभिमुखीकरणसँगै अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको छ ।

अभिमुखीकरण कार्यक्रम अभिलेखीकरण अभियानका लागि मात्रै नभएर घर बनाउँदा नक्सा पास किन गर्ने, यसका फाइदा र शुल्कलगायतका विषयहरूमा नगरवासीलाई घर नक्सा शाखामार्फत अभिमुखीकरण गरिँदै आएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

नगरको घर नक्सा शाखामा ७ सय ४० वटा घर नक्सा अभिलेखीकरण भएको शाखाले जनाएको छ । नगर क्षेत्रमा २ सय २७ नयाँ घर निमार्णको लागि इजाजत लिएका छन् भने २ सय १५ वटा इजाजत लिएर घर निर्माणको काम सम्पन्न भइसकेको शाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर