Aamsanchar

बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ´ए` र जुकाको औषधि खुवाइँदै

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

काठमाण्डौ – सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको थापाले जानकारी दिनुभयो ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर