Aamsanchar

´नमेटिने घाउ` मा पूर्व प्रधानमन्त्री माधव नेपालले पनि गरे अभिनय

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं – नायक रमित ढुङ्गानाद्वारा निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अभिनय गरेका छन्। आज कोटेश्वर बहुमुखी क्याम्पसमा उनको छांयाकन भएको हो।

आजै र सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन्। एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को पनि अभिनय रहेको छ।

रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण हुने फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसवाहालगायत कलाकारको अभिनय रहने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर