Aamsanchar

बिर्तामोडमा काँचो सुन भन्दै ६० हजारमा नक्कली सुन बेच्ने एक जना पक्राउ

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

झापा-  नक्कली सुन देखाएर ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जलपाईगुरी जिल्ला सिलिगुडी–४० बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो बिर्तामोड नगरपालिका- ५ शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।

बिर्तामोड-५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका- २ बस्ने ४५ वर्षीया सविता सिटौलालाई गिरीले ‘मसँग काँचो सुन छ, तपाईँलाई म रु ६० हजारमा दिन्छु’ भनी ललाइफकाइ ६० हजार रकम लिई सवितालाई बिस्कुट जस्तो आकारको नक्कली सुन (टिल) दिएर ठगी गरेका थिए । पीडितले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउन उनी पक्राउ परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर