Aamsanchar

एमाले अध्यक्ष ओलीद्वारा ´समृद्ध नेपाल सुखी नेपाली` बनाउने अभियानमा एकतावद्ध भएर लाग्न निर्देशन

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

दमक- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

झापा र इलामका विभिन्न कार्यक्रममा सहभागि हुनका मंगलबार दिउँसो झापा आउनुभएका ओलीले झापामा पार्टीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जनहितमा अधिकतम रुपमा लाग्न अनुरोध गर्दै यस्तो निर्देशन दिनुभएको हो । ´जनताका आंकक्षा र अपेक्षा अनुसार काम गर्नुपर्छू, उहाँले भन्नुभयो । उहाँले एकताबद्ध भएर पार्टी काम लाग्न निर्देशन दिनुहुँदै नेतृत्व छान्ने क्रममा केही असन्तुष्टिहरु भएको भए त्यो बिर्सन पनि आग्रह गर्नुभयो । `जनताको सेवा गर्ने कार्यमा एकताबद्ध भएर जानुपर्छू, उहाँले भन्नुभयो ।

ओली तीन दिनसम्म इलाम र झापा रहने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्कीले बताउनुभएको छ । इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली मंगलवार नै इलाम जाने र बुधबार गृह नगर दमक आउने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो ।

इलामको क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । क्षेत्र-२ का एमाले उम्मेद्वार सुहाङ नेम्वाङ सहित मंगलवारेमा बुधबार चुनावी सभा छ । यसैगरी बिहिबार आफ्नो निर्वाचन क्षेत्र गौरादह नगरपालिका ५ स्थित स्कूलचौनमा कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१