Aamsanchar

किराँत धर्म गुरु आत्मनन्द लिङ्देनको आश्रममा डा. काेइराला

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

झापा- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला मङ्गलबार किराँत धर्म गुरु आत्मनन्द लिङ्देनको आश्रममा पुग्नुभएको छ।

उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुग्नुभएका कोइरालाले इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उहाँसँग भेट गर्नुभएको हो।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनुपरेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गर्नुभएको छ।

गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई देशले अभिभावक नपाएको गुनासो गर्नुभयो।

उहाँलाई कोइरालालाई भन्नुभयो, ‘‘गिरिजाप्रसाद कोइरालापछि देशले जिम्मेवार अभिभावक पाएन। अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताउनुभयो। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताउनुभएको थियो।

कोइरालाले अहिले देशलाई निकास दिन सकिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको धारणा राख्नुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१