Aamsanchar

जङ्गलमा सडेको अवस्थामा शव फेला

Author Image
बुधवार, वैशाख ५, २०८१

उर्लाबारी-  मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ । लेटाङ –१ को कात्तिके भन्न ठाउँ नजिकै सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओलीले शव नचिनिने अवस्थामा रहेकाले पहिचान हुन नसकेको बताउनु भयो ।

कोही मानसिक सन्तुलन गुमेको व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ । तर अनुसन्धान नगरी यसै भन्न सकिन्न उहाँले भन्नुभयो । शवलाई पोष्टमार्टमका लागि उर्लाबारी–३ स्थित मदन भण्डारी ट्रमा सेन्टरमा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर