Aamsanchar

ई–रिक्सा चालक परिचयपत्र र ज्याकेट

Author Image
बुधवार, वैशाख ५, २०८१

नेपालगन्ज-नेपालगन्जको एक समस्याको रूपमा देखिएको ई–रिक्सा व्यवस्थापनको कामलाई चुस्त बनाउन नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । चालक परिचयपत्रसँगै ई–रिक्सा चालकलाई विभिन्न किसिमका सुविधा र प्राविधिकबारेमा पनि अभिमुखीकरण गर्ने कामको सुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले मंगलबार सुरुमा १ सय १७ जनालाई चालक परिचयपत्र र ज्याकेट वितरण गर्नुभयो । नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र, बिमा र अभिमुखीकरणजस्ता कार्यक्रम गर्दैआएको छ ।

थप प्रभावकारी गराउन उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने नगर प्रमुख विष्टले बताउनुभयो । नेपालगन्जमा नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई–रिक्सा व्यवस्थापनको काम गरिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ई–रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बिमा योजना अगाडि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालगन्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ । ई–रिक्सा निम्नवर्गको जनताको आर्थिक आम्दानी गर्ने माध्यम बनेको छ ।’

ई–रिक्साले यातायातलाई सहज पनि बनाएको स्थानीयको भनाइ छ । तर यसको सही रूपमा व्यवस्थापन नहुँदा थुप्रै समस्या सिर्जना भएको छ । सुधार गर्न प्रयास भइरहेको उहाँले बताउनुभयो । ई–रिक्सा चालकले पनि नेपालको कानुन र ट्राफिक नियमबारेमा जानकारी भएर सवारी साधन चलाउन ध्यान दिनुपर्ने प्रमुख विष्टले बताउनुभयो ।

नेपालगन्ज उप–महानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगन्जमा ई–रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताउनुभयो । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बिमाबारेमा अभिमुखीकरण गराउँदै चालक परिचयपत्र वितरण गरिने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ठ सई प्रवीण आर्चायले ई–रिक्सा चालकलाई ट्राफिक नियमबारे जानकारी गराउनुभयो । ट्राफिक नियमबारेमा जानकारी नहुँदा नेपालगन्जमा ई–रिक्सा दुर्घटनाको सङ्ख्या बढिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर