Aamsanchar

विराटनगरकाे अवस्था समान्य बन्दै

Author Image
बुधवार, वैशाख ५, २०८१

विराटनगर – दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको थियो। अहिले स्थिति समान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

झडपमा ५ जना प्रहरीसमेत घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायका युवाबीच झडप हुँदा तनावग्रस्त भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर