Aamsanchar

यी ठाउँमा आज हुरीबतास चल्न सक्ने

Author Image
बिहिवार, वैशाख ६, २०८१

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबतास चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा बेलुकापख हावाहुरीको जोखिम छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्य बदली छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा मौसम आंशिक बदली रहेको र अरु बाँकी ठाउँमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदलीको सम्भावना छ ।

महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर