Aamsanchar

१३ वर्षीया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने तीन जना पक्राउ, बालिकाको उद्वार

Author Image
बिहिवार, वैशाख ६, २०८१

वीरगन्ज : १३ वर्षीया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने क्रममा वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ। घटनामा संलग्न तीनजना भारतीयलाई पनि पक्राउ गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट बुधबार एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट (एएचटीयू)ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउँदै गरेका तीन भारतीयलाई पनि नियन्त्रणमा लिइएको एसएसबीका इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार,पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशालीका राजीव रोशन,राकेश रोशन र दिलीप कुमार रहेका छन् । तीनैजनाले भारतको तमिलनाडुबाट १३ वर्षीया बालिकालाई लिएर वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने योजना बनाएका थिए ।

 

उक्त सूचना पाएको एसएसबीले रक्सौलबाट पैदल हिँड्दै वीरगन्जतर्फ आउँदै गरेका उनीहरूलाई मितेरी पुलमा रोकेर सोधपुछ गरेको थिए । सोधपुछका क्रममा ती बालिकालाई उनीहरुले बिहारको वैशाली जिल्लाबाट प्रलोभनमा पारेर ल्याएको खुलासा भएपछि बालिकालाई उद्धार गरि त्यसमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर शर्माले बताए ।

शर्माका अनुसार,सोधपुछका क्रममा सुरुमा पक्राउ परेका युवकहरूले युवतीलाई विवाहको बहानामा तमिलनाडु लगेको बताएका थिए । त्यसपछि ती बालिकालाई दिल्ली लगेको खुलेको थियो । दिल्लीबाट नेपाल ल्याउन लागेको अवस्थामा ती बालिकाको उद्धार गरिएको इन्स्पेक्टर शर्माले बताए ।

शर्माका अनुसार, बालिकाको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा उनीहरूलाई कुनै जानकारी थिएन। फोन सम्पर्कमा अभिभावकले आफ्नी छोरीलाई नेपाल जान नदिन आग्रह समेत गरेको इन्स्पेक्टर शर्माले बताए ।

उद्धार गरिएकी बालिकालाई उनका अभिभावक बोलाएर जिम्मा लगाउने र पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर