![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240418_192726534.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।
पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटल सञ्चालनमा रहेका छन् । सो क्षेत्रमा मदिराजन्य वस्तुको सेवन तथा कारोबार गर्न निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गरी मदिरा निषेध गरिएको छ ।
समितिको बैठकले काफ्लेपाटी र सोभन्दा माथिको क्षेत्रमा मदिराजन्य वस्तु सेवन गर्न र बेचबिखन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको हाङ्बाङले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री वितरण गर्न पूर्णरुपमा निषेध गरिएसँगै यसलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।
मदिरा निषेध गर्ने निर्णयको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने पनि समितिले सम्बन्धित सबैलाई सचेत गराएको छ ।