![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240419_145809445.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इनरुवा-सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारको सहायक बाटोभरी दर्जन बढी व्यक्तिहरू ढलेको देखियो । झट्ट हेर्दा कुनै दुर्घटनामा परेर मृत्यु भएका वा गम्भीर घाइते भएको दृश्य अनि एउटा समूहमा काठको घरेलु हातहतियार बोकेर कुदिरहेको दृश्य देखियो ।
यो कुनै फिल्मको कलाकारको सुटिङ वा दुर्घटना नभई कोशी प्रदेशको कोशी गाउँपालिका–१ लौकहीस्थित बङ्गाली गाउँका बङ्गाली कबिरथहरुले मसान खेलेको दृश्य हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
कबिरथ जाती समुदायको मौलिक सांस्कृतिक नृत्य मसान खोल्ने कार्यक्रममा मसान खेल्नेहरूलाई मन्दिरको धामी वा पुजारीले मसान धपाई उनीहरूलाई मन्दिर हुँदै घर पठाउने गरेका छन् । यहाँका कबिरथ जाती अर्थात् बङ्गाली समुदायको नयाँ वर्षमा मनाउने मसान खेल्ने वा नृत्य गर्ने, मसान निस्कने भनेर मौलिक सांस्कृतिक कार्यक्रमको रूपमा मसान खेल्ने गरेको छ ।
स्थानीयले शिवपावर्ती मन्दिर तथा स्थानीय थानको नजिकमा मसान अर्थात् शिवको दूतको रूपमा मसान निकाल्ने गरेको छ । मौलिक सांस्कृतिक कार्यक्रममा मसान प्रकट भएको खण्डमा केही मसानले परेवाको आहार माग्ने गर्छन् र स्थानीयहरुले जिउँदै परेवा मसानको मुखमा हाल्ने गरेको छ ।
मुखमा आएको परेवाको चुच्चो वा घाँटीमा टोकेर चुस्ने र बाँकी भाग स्थानीयले प्रसादको रूपमा लाने गरेको स्थानीय परमेश्वर मण्डलले जानकारी दिनुभयो ।
लौकहीमा एक सय वर्ष बढीदेखि यो मसान खोल्ने गरेको मण्डलको दाबी छ । शिवका दूतका रूपमा मसान नै रहेकाले सोही संस्कृति जोगाउनका लागि बङ्गाली समुदायले मसान नृत्य गर्ने गरेका छन् ।
मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षमा समान खेल्ने र खेलाउने गरेको शिवपार्वती मन्दिरका पुजारी चन्द्रोधामी कविरथले बताउनुभयो । कविरथका अनुसार नयाँ वर्षको पहिलो दिनदेखि हप्तासम्म मसान नाटक वा नृत्य गर्ने गरेका छन् ।