Aamsanchar

बिर्तामोड ८ टोल स्तरीय फुटलवल खेलमा गणेश टोल विजयी 

Author Image
शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ को आयोजनामा आयोजित टोल स्तरीय फुटबल खेल प्रतियोगितामा गणेश टोल विजय भएको छ ।
आज सम्पन्न फाइनल खेलमा उज्यालो टोलाई ० को विरुद्ध ४ गोल लगाएर गणेश टोल विजय भएको हो ।

प्रतियोगितामा विजयी टिमलाई नगद १२ हजार, उपविजयी टिमलाई रु ८ हजार र खेलाडीहरूलाई मेटल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष विपिन कार्कीले जानकारी दिए ।

प्रतियोगितामा बिर्तामोड ८ का ८ वटा टोल सहभागी बनेका थिए । खेलमा वेस्ट प्लेयर गौरव लम्साल  र वेस्ट किपर सागर खड्का घोषित भए ।

फुटबल प्रतियोगिता समापन खेलमा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगिता आयोजना गर्नको लागि खेलकुद विकास समिति अन्तरगत ८ नम्बर वडा कार्यालयले सेमी फाइनलमा पुग्ने चार वटा टिमलाई जर्सी र आयोजकलाई ५ थान फुटबल उपलब्ध गराएको आयोजक समितिका सचिव सरिता मैनालीले जानकारी दिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर