Aamsanchar

जुफाल विमानस्थल सुचारू

Author Image
आइतवार, वैशाख ९, २०८१

डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द भएको त्रिपन्न दिनपछि सुचारु भएको छ। आइतबार बिहान नेपालगञ्जदेखि आएको तारा एयर अवतरण गरेसँगै हवाइ सेवा सुचारु भएको हो।

धावनमार्ग मर्मतकालागि १६ फागुनदेखि विमानस्थल बन्द भएको र काम सम्पन्न भएसँगै आजदेखि नियमित रुपमा हवाइ सेवा सुरु भएको ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिए।

विमानस्थल सुचारु भएसँगै यात्रु,बिरामी लगायतका सर्वसाधारणहरु सहज रुपमा आवत जावत गर्न पाएको नगर प्रमुख बुढाको भनाइ छ। निर्माणको जिम्मा आजिवन तामाङ्ग मरिन जेभी धादिङले मुल्य अभिवृद्धि करसहित छ करोडमा लिएको थियो।धावनमार्ग मर्मत सुरु भएको एक महिना भित्रै काम सक्ने भने पनि निर्माण कम्पनीले करिब दुई महिना लगाएको थियो।

 

विमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय पचासी मीटर मर्मत गरिएको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए।

धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजि एयरलाइन्स कम्पनीहरुले पनि पटक पटक उडान गर्न नसकिने बताउँदै आए पनि अब भने सहज भएको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर