सिरहा – मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । स १ च ६९१ नम्बरको एम्बुलेन्स चालक लहान नगरपालिका–१ का ३२ वर्षीय दिनेश कुमार दास पक्राउ परेका हुन् ।उनलाई मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले जानकारी दिए ।