Aamsanchar

झापा : सुनको सिक्री थुतेर भाग्दै गर्दा पक्राउ

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

झापा – झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

सोमबार साँझ ७:२५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-१३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर-१२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशी पक्राउ परेको डीएसपी चन्दले बताए।

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो। उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर