Aamsanchar

फर्सी खेतीबाट मनग्य आम्दानी

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

इनरुवा-सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गर्नुभएका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बन्नुभएको छ ।

पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गर्नुभएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खेतीतर्फ आकर्षित भएका स्थानीय दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

मौसमी तथा बेमौसमी फर्सीको मुण्टो र फर्सीको फल समेत बजारमा बिक्री हुने भएकाले

फर्सी खेतीमा मेहता जस्तै उपेन्द्र यादवले एक बिघामा, बालेश्वर यादवले १५ कट्ठामा, कृपाराम मेहताले झण्डै एक बिघामा, रामु मेहताले १० कट्ठामा, गुदर यादवले १५ कट्ठामा, डम्बर यादवले १० कट्ठामा, रमेश यादव विक्रमले ५ कट्ठामा र महानन्द यादवले एक बिघा गरेर सयौँ बिघामा फर्सी लगाएका छन् ।

नरसिंह टाप्पुको नामले चिनिने भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ र ७ नरसिंहका सय बढी किसानले फर्सीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

स्थानीय स्तरमै फर्सीखेती गरेर स्थानीय उपभोक्तालाई ताजा फर्सीको मुण्टो र फर्सी उपभोग गराउने उद्देश्यले नै फर्सी खेती गरेको किसान रमेश यादवले बताउनुभयो ।

पाँच वर्ष अघिदेखि किसानले प्रति कट्ठामा दुई हजारदेखि पाँच हजार रुपियाँको लगानीमा फर्सीखेती सुरु गरेर उहाँहरूले राम्रो आम्दानी गरिरहनुभएको छ ।

किसानले फर्सीको मुण्टो होलसेलमा प्रति मुठा १० देखि २० रुपियाँ र काँचो फर्सी प्रति केजी १५ देखि ३० रुपियाँमा बेच्ने गर्नुभएको छ । पाकेको फर्सी जिल्ला बाहिरका व्यापारीले खेत वा घरबाटै लाने गरेको किसान कृपाराम मेहताले जानकारी दिनुभयो । फर्सीको मुण्टो होलसेलमा खेतमा नै खपत हुने गरेको छ ।

किसान मेहताका अनुसार एउटै सिजनमा हावाहुरी र पानीबाट जोगिँदा उत्पादित फर्सीबाट प्रतिबिघामा दुई लाखदेखि चार लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर