Aamsanchar

खोटाङ इलाका प्रशासनबाट चार महिनापछि सेवा सुचारु

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

खोटाङ-कर्मचारी अभावले बन्द भएको खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट चार महिनापछि सेवा सुरु भएको छ । गृह मन्त्रालयले कर्मचारी खटाएसँगै सोमबारबाट नागरिकता जारी लगायतका सेवा पुनः सुरु भएको हो ।

मन्त्रालयले सोही कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई दिएको कायम कायममुकायम अवधि सकिएपछि गत पुस २४ गतेदेखि इलाका प्रशासन कार्यालयको नागरिकता वितरणलगायतका अत्यावश्यक सेवा रोकिएको थियो । चार महिनापछि नासु सिताराम आचार्यलाई कायम कायममुकायम शाखा अधिकृतको रूपमा खटाएपछि नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचय–पत्र प्रदान लगायतका सेवा सुचारु भएको हो ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय खोटाङमा कार्यरत नासु आचार्यलाई ६ महिनाका लागि कायम कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएर इलाका प्रशासन कार्यालयमा खटाएको हो । इलाका प्रशासन कार्यालयको सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेको गुनासो आएपछि गत माघ २९ गतेका दिन जिल्ला प्रशासन कार्यालयबाट नासु आचार्य र लीलाबहादुर बिक गएर नागरिकता जारी लगायतका सेवा दिनुभएको थियो ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर