Aamsanchar

फेवतालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको उद्धार

Author Image
बुधवार, वैशाख १२, २०८१

प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

पोखरा । फेवातालमा डुंगा दुर्घटनामा परेका ५ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मंगलबार दिउँसो करिब ३ बजे अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९, अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह र ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया मीरा रानी तालको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुणकुमार शर्माले बताए ।

तालमा गत २५ र २९ मा पनि हावाहुरीका कारण डुंगा दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर