![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240424_115110194.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सोलुखुम्बु – जिल्लाको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।
गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो बस्तीमा पस्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको घर जलेर नष्ट भएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
आगलागीबाट ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। धनेश्वर राई र छोरा शक्ति राईको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा २३ लाख, केशव राई र मकरबहादुर राईको एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा २० लाख र कविर राईको घर र सबै सामान जल्दा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए
स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ। वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।
घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाएको उनले जानकारी दिए।