Aamsanchar

महोत्तरीको मटिहानीमा आगलागीबाट एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण

Author Image
बिहिवार, वैशाख १३, २०८१

महाेत्तरी – महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

आगलागीले बस्ती नै सखाप भएपछि पीडितहरुले खेत र सडकमा रात बिताएका छन् । पीडितहरुलाई नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको मेयर मण्डलले जानकारी दिनुभयो । मटिहानी उद्योग वाणिज्य सङ्घले पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री पुर्‍याएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको आज बस्ने बैठकले थप राहतको निर्णय गर्नेछ । तीव्र हावा चलिरहेको बेला हिजो दिउँसो करीब २ बजे आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर