Aamsanchar

इलाममा आजै रातिदेखि मतगणना

Author Image
शनिवार, वैशाख १५, २०८१

इलाम- इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।

गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको छ ।

यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खटिनु भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताउनुभयो ।

‘कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुन्छ’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर