![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240428_114654923.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ –धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको बताए । पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताए ।
कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो । त्यसरी रद्द गरिएकाहरूमा प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने रहेका छन् । बोर्डले पाँचै जनाको परीक्षा भने रद्द गरेको थियो ।
उक्त स्कुलबाट यो वर्ष १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो । उनीहरूको फाराम रद्द गरेर बोर्डले थप ७ जनाको परीक्षा भने विशेष निगरानीमा गराउँदै आएको छ ।
स्कुलमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बोर्डले उनीहरूलाई समेत निगरानीसहित परीक्षामा सामेल गराएको बताइएको छ ।