Aamsanchar

पन्थपांडाबाट ब्राउन सुगर सहित एक जना पक्राउ

Author Image
आइतवार, वैशाख १६, २०८१

झापा – प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई नियन्त्रणमा लिएको हो ।

शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर