Aamsanchar

अझै ५ दिनसम्म तातो हावा चल्ने

Author Image
आइतवार, वैशाख १६, २०८१

काठमाडौं – लुम्बिनी प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ । आजदेखि २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार तराईमात्रै नभएर पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शनिवार, वैशाख २२, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१