Aamsanchar

झापा : हात्तीले आक्रमण गर्दा छोरीको घरमा पाहुना लाग्न गएका बृद्ध घाइते

Author Image
आइतवार, वैशाख १६, २०८१

झापा: हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जना वृद्ध घाइते भएका छन् । मेचीनगर नगरपालिका ६ स्थित भानुटोलका ६५ वर्षीय हर्कबहादुर सुवेदी हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् ।

हात्तीको आक्रमणबाट सुवेदीको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं. ११ हडिँया खोला नजिकै उहाँलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वृद्ध सुवेदी छोरीको घरमा पाहुना लाग्न जानुभएको थियो । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर