Aamsanchar

महाकाली राजमार्गमा कार दुर्घटना

Author Image
आइतवार, वैशाख १६, २०८१

बैतडी – महाकाली राजमार्गमा कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको कार बैतडीको सतबाँझ(गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी कार चालक बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका-९ का शेरबहादुर बोहरा घाइते भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

घाइते दुबैको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा अस्पताल पठाइएको छ।

कार सडकदेखि १५० मिटर तल खसेको हो। कार दुर्घटनाको कारण कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर