Aamsanchar

दाङमा आगलागी हुँदा २४ घर जलेर नष्ट

Author Image
आइतवार, वैशाख १६, २०८१

देउखुरी-दाङको राजपुर गाउँपालिका –७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष वलीका अनुसार आइतवार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा आगलागी भएपछि आगो बस्तीमा पसेको हो ।

गाउँपालिका –७ हाडबास निवासी सीता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो । जलेका अधिकांश घर काठले बनेका र खरका छाना छन् । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर