Aamsanchar

आजदेखि रिडी-तम्घास सडकखण्ड एक महिना बन्द

Author Image
सोमवार, वैशाख १७, २०८१

काठमाडौं – गुल्मीको रिडी-तम्घास सडकखण्ड सोमबारदेखि एक महिना बन्द हुने भएको छ ।

सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सूचना जारी गरी कार्यालयले रिडी-तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। यो सडक स्तरोन्नतिका लागि समानान्तर इलाइट जेभीले जिम्मा पाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर