Aamsanchar

छिमेकी नाबालिकाकाे हत्या गर्ने आमा छाेरी पक्राउ

Author Image
सोमवार, वैशाख १७, २०८१

सिरहा – सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् ।रमेश यादवको ३ वर्षीया छोरी रिया कुमारी यादवलाई हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिराहाका एसपी सन्तोष आचार्यले  बताए ।

पक्राउ परेका सोना देवी र पूजा कुमारी आमा छोरी हुन् । डेढ वर्षअघिको विवादलाई लिएर आमा छोरी मिलेर बालिकाको हत्या गरेका हुन् । सडकमा खेलिरहेकी रियालाई बिस्कुट दिएर घरमा ल्याएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी र मृतकका बुवा आमा छिमेकी हुन् । आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर