Aamsanchar

सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो खुल्याे

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

काठमाण्ठौ – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर