Aamsanchar

नेपाली नक्कली नोटसहित दुईजना पक्राउ

Author Image
मङ्गलवार, वैशाख १८, २०८१

वीरगन्ज – वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुईजनालाई वीरगन्जको घण्टाघर नजिकबाट सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पंचायत–४ घर भएका ३० वर्षीय क्यामुद्धिन मियाँ र बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ की ४० वर्षीया हलिमा खातुन रहेका छन् । विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई घण्टाघर चोक नजिकबाट पक्राउ गरेको हो।

भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनीहरूलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरीर खानतलासी गर्दा दुवैजनाको साथबाट १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरीक्षक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)