Aamsanchar

सिम्रिक एयरका पाइलटलाई ग्राउन्डेड गरियो

Author Image
बुधवार, वैशाख १९, २०८१

काठमाडौं – सिम्रिक एयरका पाइलटलाई ग्राउन्डेड गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका पाइलटलाई अर्को सूचना नआएसम्मका लागि ग्राउन्डेड गरेको हो।

लुक्लाबाट काठमाडौं आएको सिम्रिककको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ मा टावरलाई जानकारी नदिई आएको भन्दै प्राधिकरणले कारबाही गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। मंगलबार बिहान कतारबाट आएको जहाजले रनवे ०२ मा अवतरणका लागि एप्रोज गरिसकेको अवस्थामा अकस्मात सिम्रिक हेलिकोप्टर त्यहाँ पुगेको थियो।

कतारको जहाज अवतरण गर्ने क्रममा एप्रोज कन्ट्रोल युनिटसँग सिम्रिकको हेलिकोप्टर सम्पर्क आएको थियो। कतारको जहाजको २ सय फिट तल र २ माइल अघिसम्म हेलिकोप्टर पुगेको थियो। सामान्यतः २ जहाजबीचको दूरी १ हजार फिटसम्म हुनुपर्छ। हेलिकोप्टर नजिकै आएपछि कतारको जहाजको ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास)ले अलर्ट गराएको थियो। लुक्लाबाट यात्रु लिएर काठमाडौं आएको हेलिकोप्टर पाइलट राजेन्द्र डंगोलले उडाएका थिए।

 

सिम्रिकको हेलिकोप्टर खराब मौसमका कारण बाटो बिराएर कतारको जहाज एप्रोज गर्ने ठाउँमा पुगेको बताइएको छ। प्राधिकरणले सम्भावित दुर्घटना टरेको भन्दै घटनाको तथ्यसत्य जाँच गर्ने बताएको छ। सबैसँग प्रारम्भिक सोधपुछपछि सिम्रिकका पाइलटलाई ग्राउन्डेड गरिएको भुलले बताए। घटनाको थप अध्ययन गरिने उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)