Aamsanchar

तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

Author Image
बुधवार, वैशाख १९, २०८१

मनाङ-मनाङ चामे गाउँपालिका–५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँले वडा ५ को तारेभीरमा रक क्लाइम्बिङ परीक्षणको सहमति मागेकाले अनुमति दिइएको बताउनुभयो । यस्ता साहसिक खेलले पर्यटक आगमनमा वृद्धि हुने तथा मनाङको पनि प्रचार–प्रसार हुन्छ उहाँले भन्नुभयो ।

पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपाली यतिबेला तारेभीरमा बोल्टिङ ठोक्ने डोरी टाँग्ने काम गरिरहेको वडा ५ का वडासचिव धीरेन्द्रकिशोर क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो वडा ५ र पालिकाबाट सहमति लिएर पाँच दिनदेखि काम भइरहेको छ । अब दुई दिन जतिमा सकिन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)