Aamsanchar

भक्तपुर इनार खन्ने क्रममा निसास्सिएर काका भतिजकाे ज्यान गयाे

Author Image
बुधवार, वैशाख १९, २०८१

काठमाडौँ – भक्तपुरको चाँगुनारायणमा आज इनार खन्ने क्रममा ग्यास निस्किएर निसासिँदा दुई जनाको मृत्यु भएको छ। रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा जग्गा भाडामा लिएर टहरोमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उनका काका ४६ वर्षका दीपक सुनुवारको मृत्यु भएको हो।

जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै जग्गा भाडामा लिएर बसेका उनीहरू सोही जग्गामा इनार खन्न थालेका थिए।

इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएर अचेत अवस्थामा उद्धार गरिएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

उक्त खबर प्राप्त हुनासाथ विपद् व्यवस्थापन महाशाखा, काठमाडौँबाट २५ जनासहित जिल्ला परिसर भक्तपुरबाट ३० जना र सशस्त्र प्रहरी बलबाट ९ जनाको टोली उद्धारमा खटिएको थियो।

दुवैजनालाई उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा दिउँसो उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

घटना आज दिउँसो १ : २१ बजे भएको थियो। २ स् ४० बजे उनीहरूको उद्धार गरिएकामा ३ स् २५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)