Aamsanchar

लालीगुराँस टोलमा रहेको होटलमा आगलागी हुँदा ५० लाखको क्षति

Author Image
बुधवार, वैशाख १९, २०८१

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका–७ लालीगुराँस टोलमा रहेको एउटा होटलमा बुधबार बिहान आगलागी भएको छ । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । हर्क श्रेष्ठले सञ्चालन गरेको च्वाइस होटलमा बिहान २स्२० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगोले होटल सञ्चालन गरिएको घरसहित घरभित्र रहेको नगद,सुनचाँदी, अन्नपात, होटलका सामान, भाँडवर्तन, फ्रिजलगायत जलेर ध्वस्त भएको जानकारी बस्नेतले दिए ।

प्रहरी,स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर