Aamsanchar

साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क

Author Image
बुधवार, वैशाख १९, २०८१

काठमाण्डौ – पशुपति आर्यघाटको विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।

निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।

यसैगरी सदस्य सचिव डा.थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवम् सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव थापाले हिजो विशेष अदालतबाट सफाइ पाएपछि फेरि कार्यभार ग्रहण गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर