Aamsanchar

आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति

Author Image
बिहिवार, वैशाख २०, २०८१

गुल्मी – गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ।

मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

आगलागीबाट नेपाल टेलिकमको बिटिएस टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल ९तारहरु० सम्पुर्ण जलेर क्षति भएको छ। टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ।

आगलागीका कारण छत्रकोट गाउँपालिका–६ दौघामा ५ वटा घर गोठ र पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्लामा वैशाख महिना शुरु भएपछि आगलागीका घटना दैनिक बृद्धि भएका छन्। जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन्।

सयौं नागरिक घरबार बिहिन भएका छन्। आगलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन्। जिल्लामा पछिल्लो समय आगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन्।

रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ। उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। आगो लगाएको आरोपमा थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर