Aamsanchar

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृ*त्यु

Author Image
बिहिवार, वैशाख २०, २०८१

प्रतिकात्मक तस्बिर

काठमाडौं – धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

आगलागीबाट स्थानीय ७४ वर्षका तेजबहादुर लामा र ७४ वर्षकै श्रीमती ठूली लामाको जलेर मृत्यु भएको थाक्रे गाउँपालिका ५ का वडाध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए।

उनीहरु घरमा एक्लै बस्ने गरेको र राति सवा १० बजे घरमा आगलागी भएको वडाध्यक्ष तामाङले बताए। घरमा जंगलबाट पत्कर सोहोरेर ल्याएर राखेको र त्यो पत्करमा आगो सल्किएको तामाङको भनाइ छ।

तीन छोरा र तीन छोरी रहेका तामाङ दम्पतीमात्रै घरमा बस्थे। लमजुङमा रहेका दुई छोरा र काठमाडौंमा रहेका अर्का छोरा गएराति नै घटनास्थल पुगेका छन्। उनीहरुको शव अहिले घटनास्थलमै रहेको छ। जिल्लाबाट प्रहरीको टोली आएपछि मुचुल्का उठाउने तामाङको भनाइ छ।

उनीहरुको घरमा मकै पिस्ने विद्युतीय घट्ट रहेको र राति विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर