Aamsanchar

वेस्ट इन्डिज ´ए` सँगको टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपाल पराजित

Author Image
बिहिवार, वैशाख २०, २०८१

काठमाण्डौ – वेस्ट इन्डिज ´ए` सँगको टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ ।

वेस्ट इन्डिज ´ए`ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित पौडैलले सबैभन्दा धेरै ८२ रन बनाए । ४७ बल खेलेका रोहितले ५ छक्का र ७ चौका प्रहार गरे । नेपालका अन्य ब्याटरले साथ दिन सकेनन् । सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा समान १९ रन बनाएर आउट भए । यस्तै अबिनाश बोहराले ८ बलमा नट आउट १७ रन बनाए । वेस्ट इन्डिज ´ए` का म्याथ्यु फोर्डे र हेडन वाल्शले समान ३ विकेट लिए । यस्तै फबेन एलेन र गुदाकेश मोटीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ुएु ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो । वेस्ट इन्डिज ुएु का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै नट आउट ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८, पबेन एलेनले नट आउट ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए ।

योसँगै वेस्ट इन्डिज ुएु ले एक खेलअघि नै टी–२० क्रिकेट शृङ्खला जितेको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर